तनहुँ, १२ साउन: नुनगरपालिका–२ बगैँचामा एक बालक चितुवाको आक्रमणबाट घाइते भएका छन् । आज घरमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट छ वर्षीय हेमराज सुनुवार घाइते भएका हुन् ।
स्थानीय लोहनी शारदा शिक्षा सदनमा कक्षा १ मा अध्ययनरत सुनुवारको घाँटी र काँधमा चितुवाले चिथोरेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । उनलाई उपचारका लागि चितवन लगिएको छ । रासस