छठसम्म जनकपुरमा जानकी रेल

admin

काठमाडौं, साउन १३: आगामी छठभित्रै जयनगर–जनकपुर–कुर्था (धनुषा) मा ३५ किमि दूरीमा सञ्चालन गर्ने तयारी गरिएको दुईमध्ये एउटा रेलको नाम जानकी राखिएको छ । अर्को रेलको नाम पशुपतिमध्ये एक राख्ने तयारी भएको रेलवे विभागले जनाएको छ ।

रेलवे विभागका महाप्रवन्धक बलराम मिश्रका अनुसार आगामी दसैं–तिहार वा छठसम्म जनकपुरमा गुडाइने रेलको सबै संरचना तयार भइसकेको छ । विभागले ८५ करोडमा दुईवटा आधुनिक रेल खरिद गर्न भारतको कोन–कोन रेलवे कर्पोरेसनसँग सम्झौता गरेको छ ।

‘जयनगर–जनकपुर–कुर्था रुटमा चल्ने एउटा रेलको नाम जानकी राख्ने निर्णय भइसकेको छ भने अर्कोको नाम पशुपति वा सगरमाथा राख्ने विषयमा छलफल भइरहेको छ,’ महाप्रबन्धक मिश्रले भने, ‘सम्झौताअनुसार दुवैको संरचना तयार भइसकेको छ । दसैं–तिहारसम्म दुवै रेल जनकपुर आइपुग्ने छन् ।’ यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।

प्रतिक्रिया