टिकटकमा भाइरल जुम्ल्याहा दिदीबहिनी टंकको नयाँ गीतमा, छुटे अशोक

मनिषा थापा

पिएनपिखबर : टंक बुढाथोकीको ‘कसरी कसरी’ बोलको गीतले सर्वाधिक चर्चा पायो। उक्त गीतको सफलता पछि उनले ‘कसरी कसरी’को सिक्वल बनाउने तयारीमा छन्। यति बेला उनको र गायिका मेलिनाको आवाज मै बनेको ‘कसरी कसरी २’को शुटिंग भईरहेको छ।

टंक बुढाथोकी र मेलिना राईको गीतहरु प्राय सबै चर्चा मै छ भने उनीहरुले धेरै गीतमा संगै काम गरिसकेका छन्। टंक बुढाथोकीको गीतमा पहिलोपटक टिकटकमा भाइरल भएका दिपा र दमन्ता पनि अभिनय रहनेछ । अशोक दर्जी भने समय नमिलेको कारण यस गीतमा नभएको र छिट्टै नै नयाँ गीतमा देखिने टंकले बताए।

यस गीतलाई कोरियोग्राफर कविराज गहतराजले निर्देशन गर्दै छन। यस अघि पनि टंकका गीतहरुलाई कविराजले नै निर्देशन गर्दै आएका छन। टंक बुढाथोकीको प्राय गीतले करोडौ भ्युज पाउने गरेको छ। यस गीतले पनि पहिलाको गीतहरुले जस्तै सफलता पाउनेमा उनी विस्वस्त देखिन्छन ।

बाँकी हेर्नुहोस भिडियोमा

प्रतिक्रिया

सम्बन्धित समाचारहरू