निर्दयी आमा जसले बच्चा जन्माई मकैबारीमा फालेर बेपत्ता भईन

मनिषा थापा

पिएनपिखबर : काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ को ओसिस पार्टी प्यालेस नजिकैको मकैबारीमा शिशु फेला परेका छन्।

गत बिहीबार बिहान ११ बजेतिर मकैबारीबाट बच्चा रोइरहेको आवाज सुनेपछि स्थानीय रामा श्रेष्ठ हेर्न गएकी थिइन। उनले मकैबारीको बीचमा सालनालसहितको बालक देखिन। त्यसपछि उनले माइत तामाङलाई बोलाइन।

माइत तामाङ्ले पिएनपिमिडियाडटकमसँग कुरा गर्दै भने, ‘बच्चालाई बोकेर हेर्यौ, स्वस्थ नै लाग्यो र प्रहरीलाई खबर गर्यौ। प्रहरी आएपछि शिशुलाई अस्पताल लगियो। मेरो बिचारमा यहि मकै घारीमा जन्माएर फालेको हुनपर्छ।’

अहिले अस्पतालको एनआइसियुमा राखेर शिशुको उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भईरहेको माइत तामाङले बताए। शिशुको अभिभावक पत्ता नलागे संरक्षण गर्ने संस्थामा हस्तान्तरण गरिने जनाइएको छ ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू