जङ्गली च्याउ खाँदा एकको मृत्यु,

राष्ट्रिय समाचार समिति

पाँचथर, १४ साउन : जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । एकजना बिरामी परेका छन् । जङ्गली च्याउ खाँदा फाल्गुनन्द गाउँपालिका–५ कि सुनिता चेम्जोङको मृत्यु भएको वडाध्यक्ष अबिन्द्र चेम्जोङले जानकारी दिनुभयो ।

सुनिताकी सासू सन्तमाया चेम्जोङ बिरामी पर्नुभएको छ । दुबै जनाले साउन ७ गते जङ्गलबाट ल्याएको च्याउ खाएका थिए । च्याउ खाएपछि बिरामी परेका थिए । सुनिताको विराटनगर नर्सिङहोममा उपचारका क्रममा आज मृत्यु भएको हो । सन्तमायाको झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष चेम्जोङले बताउनुभयो ।

प्रतिक्रिया