आखिर किन पाइनन ७ वर्षिया यी बालिकाले न्याय ?

मनिषा थापा

पिएनपिखबर : काम गर्ने घरका मालिकले आफ्नो सात वर्षिया छोरीमाथि बलात्कार गरेको भन्दै एक महिलाले गत वैशाख १८ गते उजुरी दर्ता गराएकी थिइन। तर घटना घटेको ३ महिना वित्तिसक्दा पनि आफ्नो छोरीले न्याय नपाएको उनको गुनासो छ।

बालिकालाई बलात्कार गर्ने अभियुक्त यति खेर चौकीमा छन्। उनले बयानमा आफुले बलात्कार गरेको स्विकारी सकेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले खरेललाई नेपाल–भारत सीमा नाका बेलौरीबाट पक्राउ गरेको थियो।

छतमा कपडा धुने समय पारेर उनले सात वर्षीया बालिकालाई चकलेटको प्रलोभनमा बलात्कार गरेको बालिकाकी आमाको आरोप छ। पीडित बालिकाका बाबु वैदेशिक रोजगारीको लागि विदेशमा थिए । बाबु विदेशबाट आएपछि घटना बाहिरिएको हो ।

घटना भएको लगत्तै ती पिडितबालिकाको मस्तिष्कमा गहिरो प्रभाव परेको छ। ती बालिका केटामान्छे देख्ने वित्तिकै तर्सिने र टोलाईरहने ती महिलाले बताईन।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया