‘हेग लैजान्छौं भन्दा प्रचण्डले मजाक सोचे; हेग पुगे हिरो हैन जिरो हुन्छन प्रचण्ड’

मनिषा थापा

पिएनपिखबर : जनमुक्ति सेनाका केन्द्रिय उपाध्यक्ष राजन थापाले बर्हिगमित जनमुक्ति सेनाका समस्या ३ महिनासम्ममा पनि समाधान नभए अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’ मा जाने बताएका छन्। शान्ति प्रक्रियाको एउटा हिस्सालाई सडकमा छाडेर शान्ति प्रक्रिया पूरा भएको भ्रम प्रचार भईरहेको उनको भनाई छ ।

यता प्रचण्डले भने आफुलाई भेग लगे झनै अन्तराष्ट्रिय जगतमा हिरो हुने अभिव्यक्ति दिएका छन्। प्रचण्डको अभिव्यक्तिले आफूहरुमाथि खिल्ली उडाएको केन्द्रिय उपाध्यक्ष राजनको गुनासो छ।

प्रचण्डको गैरजिम्मेबारी पुर्वक अभिव्यक्तिले समस्यालाई झन् नै बढाउने उनले जनाए। उनले भने, ‘हाम्रो समस्यालाई मजाक बनाए, हेगमा पुग्यौ भने उनी हिरो हैन जिरो हुनेछन्। कानुन विपरित बालबालिकालाई लड्न लगाएर अहिले सडकमा अलपत्र छाडेर गलत गर्ने व्यक्ति विदेशमा हिरो हुन् सक्दैनन्।’

उनले अघि भने, ‘हामी हेगमा पुग्यौ भने उनलाई घाटा हुनेछ। अझै पनि केहि बिग्रिएको छैन, हाम्रो समस्यालाई गम्भीररुपमा लिई समाधान गर्न लागेमा हामी देशमै सकेसम्म शान्ति प्रक्रियाको समस्या टुंगियोस भन्ने हामो चाहाना हो।’

शान्ति प्रक्रियाको हिस्सा बालसैन्य र बर्हिगमित जनमुक्ति सेनाको जायज माग सम्बोधन हुँदैन, तबसम्म शान्ति प्रक्रिया पूरा हुन् नसक्ने उनले बताए।

केहि दिन अघि पत्रकार सम्मेलन गरी बर्हिगमित जनमुक्ति सेना केन्द्रीय संघर्ष समितिले पुनः स्थापनाको लागि उपयुक्त सहयोग नगरे तत्कालीन माओवादीका नेताहरु प्रचण्ड, डा. बाबुराम भट्टराईलगायत नेताहरुलाई ‘हेग’ पुर्‍याउने चेतावनी दिएका हुन्।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू