टेम्पोको ठक्करले बालकको मृत्यु

admin

सर्लाही, १५ साउन: भारतीय नम्बरको टेम्पुले ठक्कर दिँदा सर्लाही कविलासी नगरपालिका–८ अगर्वा निवासी रञ्जीत चौधरीको तीन वर्षीय छोरा राकी चौधरीको मृत्यु भएको छ । नवलपुरबाट सदरमुकाम मलङ्गवा तर्फ आउँदै गरेको बिआर ०६ पिई २८२२ नं को टेम्पुले दिउँसो ३ बजे बाटो काट्ने क्रममामा ठक्कर दिएको थियो ।

ठक्कर दिने टेम्पु र भारत सीतामढी जिल्ला सोनवर्षा– ६ का चालक रोहित गोस्वामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालकको सर्लाही जिल्ला अस्पताल मलङ्गवमा शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाएइको छ । रासस

प्रतिक्रिया