भक्तपुरमा दिनदहाडै ६० वर्षीया वृद्धाको हत्या, छोरी पनि संलग्न रहेको खुलसा (भिडियो)

मनिषा थापा

पिएनपिखबर :  भक्तपुर जिल्ला, बासबारी खरीको बोटस्थित दिनदहाडै ६० वर्षिया सावित्री भट्टराईको धारिलो हत्यार प्रहार गरी निर्मम हत्या भएको छ। सिन्धुपाल्चोकको बाँडेगाउँकी ६० वर्षीया भट्टराईको आइतबार कोठाभित्रै शव भेटिएको थियो । उनी कान्छी छोरीज्वाईको घरमा बस्दै आएकी थिइन।

प्राप्त जानकारी अनुसार, हत्या हुनुको कारण छोरी र उनको प्रेमीबीचको ‘सम्बन्ध’ रहेको प्रहरीको अनुमान गरेको छ। उनकी कान्छी छोरी भक्तपुरकै गार्मेन्ट कारखानामा काम गर्थिन् । सोही क्रममा नासिदसँग भेट भएको थियो । आमाले दुईबीचको सम्बन्ध मन नपराएका कारण नासिदले हत्या योजना बनाएको महाशाखाले जनायो ।

हत्यामा संलग्न आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार, नासिदले महिलाको हत्या गर्न भारतबाट दुई जनालाई काठमाडौं बोलाएका थिए । हत्या गरी हेटौंडा पुगेका मोहम्मद रसिद र अरुण कुमारलाई प्रहरीले पक्राउ गरेको हो । 

एक स्थानीयले मृतकको घरमा ३ जना पुरुष गएको देखेकी थिइन। उनको अनुसार, ती मध्य एक मृतक सावित्रीसँग आर्थिक लेनदेनको विषयमा विवाद गरिरहेका थिए । आपसी मामला होला भनेर खासै ध्यान नदिएको उनी बताउछिन्। थप अनुसन्धान अझै बाँकी रहेको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू