धान रोप्न पुगे सांसद, कलाकारदेखि विदेशीसम्म, खेतमै यस्तो रमाइलो (भिडियो)

मनिषा थापा

पिएनपिखबर : आइतबार असार १५ गते राष्ट्रिय धान दिवस धेरै जिल्लामा रोपाई गरेर र हिलो खेलेर मनाइएको छ । किसानहरुले धान फलाउने उद्देश्यले रोपाईं गरे भने त्यसै रोपाईमा हिलो खेलेर युवा युवती र बालबालिकाले रमाइलो गरे ।

भक्तपुर सुर्यविनायक नगरपालिका बासघारीस्थित आयोजित रोपाई कार्यक्रममा ,सांसद महेश बस्नेत चर्चित कलाकारहरु, विदेशी पर्यटक देखि त्यहाँका स्थानीयको उपस्तिथी रहेको थियो।

रोपाइँ काममात्र नभएर किसानहरूका निम्ति एउटा उत्सवको अवसर पनि हो। रोपाइँ भनेको मानो रोपेर मुरी उब्जाउने भन्ने कथन पनि प्रचलित छ।

भिडियोमा हेर्नुहोस धान रोप्दाको रमाइलो जमघट….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू