पुतली जस्तै राम्री योगिशा अब चलचित्रको पर्दामा (भिडियो)

मनिषा थापा

भक्तपुर : सानो उमेर देखि नै कला क्षेत्रमा नाम कमाउन सफल योगिशा खत्री चर्चित मात्र हैन आजभोलि व्यस्तता पनि दिनप्रतिदिन बढ्दै गएको छ । हसिलो अनुहार भएकी पुतली जस्तै देखिने योगिशा सानै देखि नृत्यकी पारखी हुन ।

‘डान्स नेपाल डान्स’बाट सयौँ प्रतिस्पर्धीलाई उछिन्दै प्रथम हुन सफल योगिशा खत्री हाल माइलस्टोन स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन् । उनी कलाक्षेत्रमा मात्र नभई पढाईमा पनि अगाडि छिन । डान्स प्रतियोगितामा प्याब्सन द्वारा आयोजित ६० वटा स्कुलबाट डान्स च्याम्पिएन बन्न सफल भएकी उनलाई माइलस्टोन विद्यालयले निशुल्क अध्यापन गराएको छ । 

बहुमुखी प्रतिभाकी धनी योगिशा सानै देखि आफनो जादु कला देखाएर दर्शकमाझ छु्टटै पहिचान बनाउन सफल भएकी छन । विभिन्न कार्यक्रममा भाग लिदा सबै प्रतियोगिलाई पछि पार्दै जहिले पनि उनी चाम्पियन बन्ने गरेकी छिन। उनी टिकटकमा पनि निकै चर्चित छिन् ।

अब छिट्टै नै उनी नयाँ चलचित्र ‘चार्जर’मा देखिने भएकी छिन्। उनी हालै चलचित्र ‘चार्जर’ कै सुटिङ्गमा व्यस्त छिन्। उनको भबिस्यमा अभिनेत्री बन्ने सपना छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू