गायिका सरस्वती भन्छिन, ‘मैले न्याय पाए’ (भिडियो)

मनिषा थापा

भक्तपुर : चर्चित गायिका सरस्वती भुजेल माथि लागेको एक करोड ठगी तथा दोस्रो विवाह गरेको आरोप झुठो सावित भएको छ। आरोप पछि गायिका भुजेलले अदालतको साहारा लिएकी थिईन ।

भक्तपुर जिल्ला अदालतल श्रीमान धनबहादुर लामाबाट अंश सहित सम्बन्ध बिच्छेद हुने र अंशयारहरू झिकाउनु भनीे आदेश आएको सरस्वतीले बताइन। उनले भनिन, ‘मैले न्याय पाए। अदालतले सुनुवाई गरेपछि मेरो बारे सकरात्मक समाचार हाल्नेलाई समेत् धम्काइयो।’

उनले भुजेलले पुर्बपति धनबहादुर लामाले आफुलाई उपचार गर्ने भनी झुक्क्याएर बेहोस बनाई डबल ट्यूब काटेर फाली आजीवन निसन्तान बनाएको समेत भुजेलले आरोप लगाएकी छिन् ।

धनबहादुर लामा बिरुद्ध अब ३ मुद्दा थप्ने तयारीमा रहेको गायिका भुजेलले बताएकी छिन। निसन्तान बनाइएको कारण अपराध मुद्दा, मानहानीको मुद्दा तथा गाली बेइज्जती मुद्दा, ३ बर्ष देखी सम्बन्ध बिच्छेद नभएसम्म लालनपालन,पोषण, माना चामल ऋण तिरोभरो बेहोर्नु पर्ने गरी ३ वटा मुद्दा थप्ने उनको भनाई छ।

 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू