आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको निर्मम हत्या (भिडियो)

मनिषा थापा

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा आइतबार ६१ वर्षीया सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनानुसार भएको खुल्न आएको छ । घटना घटेको २४ घण्टा पनि बित्न नपाउदै प्रहरीले पुरा रहस्य पत्ता लगाएको छ।

सिन्धुपाल्चोकको बाँडेगाउँकी ६० वर्षीया भट्टराईको आइतबार कोठाभित्रै शव भेटिएको थियो । उनी कान्छी छोरीज्वाईको घरमा बस्दै आएकी थिइन।

प्राप्त जानकारी अनुसार, हत्या हुनुको कारण छोरी र उनको प्रेमीबीचको ‘सम्बन्ध’ रहेको छ। उनकी कान्छी छोरी भक्तपुरकै गार्मेन्ट कारखानामा काम गर्थिन् । सोही क्रममा नासिदसँग भेट भएको थियो । आमाले दुईबीचको सम्बन्ध मन नपराएका कारण नासिदले हत्या योजना बनाएको महाशाखाले जनाएको छ ।

हत्यामा संलग्न आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार, नासिदले महिलाको हत्या गर्न भारतबाट दुई जनालाई काठमाडौं बोलाएका थिए । हत्या गरी हेटौंडा पुगेका मोहम्मद रसिद र अरुण कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।

एक स्थानीयले मृतकको घरमा ३ जना पुरुष गएको देखेकी थिइन। उनको अनुसार, ती मध्य एक मृतक सावित्रीसँग आर्थिक लेनदेनको विषयमा विवाद गरिरहेका थिए । आपसी मामला होला भनेर खासै ध्यान नदिएको उनी बताउछिन्।

वृस्तित जानकारीको लागि हेर्नुहोस भिडियो…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू