पशुपति मन्दिरभित्र व्यापक भ्रष्टाचार : पूर्व डिआइजी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पुर्व  डिआइजी विजय भट्टले पशुपतिमा भ्रष्टचार भएको खुलाशा गरेका छन्। पशुपति विकास कोषले प्रहरी लगाई पशुपतिमा पाठ गरी बस्दै आएका ब्रामणलाई जबर्जस्ती हटाउन खोजेको भन्दै दुख व्यक्त गरे।

पशुपति दर्शन गर्न गएको समयमा टिका लगाइदिन बसेका ब्रामणलाई निकाल्न नहुने भन्दा प्रहरी र आफुबीच भनाभन भएको उनले उल्भलेख गरे। उनले भने, ‘किन त्यसरी ब्रामणलाई हटाउन खोज्नु भयो, दैनिकरुपमा हुने सन्ध्या आरती रोक्ने काम किन रोक्नुहुन्छ भनेर पशुपतिका सदस्य सचिवलाई प्रश्न गर्दा उनले ‘यो हाम्रो अघिकारको कुराहो तपाईले बोल्न आवश्यक छैन’ भन्ने जवाफ दिए।म र ब्रामणमाथि दुर्व्यवहार भयो।’

उनले पशुपति कोषमा धेरै अनियमितता भएको जनाए। उनले पशुपतिमा भ्रष्टचार भएको बताउदै भने, ‘पर्टयटकहरुलाई पशुपतिभित्र जान प्रति व्यक्ति हजारको टिकेट काट्ने गरेको र नक्कली रसिद काटी दिन केहि रकममात्रै दाखिला गरी लाखौ आफ्नो खल्तीमा हाल्ने गरेका छन्। बालुवा पनि लुकेर बेच्ने गरेका छन्। यस्ता धेरै भ्रष्टचार भईरहेको छ यसलाई निर्मुल पार्न हामी यस्ता कार्यको विरोध गर्नेछौ।’

उनी पछिल्लो समय भ्रष्टचार विरुद्ध अभियान नेपालका लागि नेपालीमा पनि सक्रिय रहेका छन्। उनले पशुपतिमा भईरहेको विकृति बारे आवाज उठाउदै आइरहेका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू