प्रेमिकासँगै गेष्टहाउसमा बसेका युवक मृत फेला, यसो भन्छन गेष्टहाउसका संचालक (भिडियो)

मनिषा थापा

भक्तपुर : काठमाडौँमा प्रेमिकासँगै गेस्ट हाउस बसेका एक युवकको रहस्यमय मृत्यु भएको छ । असार ११ गते दुबईबाट नेपाल फर्किएका काभ्रेका २६ वर्षीय प्रमोद गुरुङ नयाँ बसपार्कस्थित शुभकलश गेस्ट हाउसमा बुधबार विहान मृत अबस्थामा फेला परेका हुन् ।

विदेशबाट आएको दिनदेखि नै म्याग्दी घर भएकी प्रेमिकासँग उक्त होटलमा बस्दै आएका थिए । गुरुङकी प्रेमिकाले होटलको रिसेप्सनमा आई उनको मृत्यु भएको जनाएकी थिइन।

उक्त गेष्ट हाउसका संचालकले मृतक गुरुङ र उनकी प्रेमिका पहिला देखि नै त्यहाँ आउने जाने गरेको बताए ।

मृतकको कोठामा प्रहरीले सुर्ती र गाजाको धुलो तथा मृतकको पर्समा यौन उत्तेजक औषधी (भिएग्रा) फेला परेको बताइए पनि प्रहरीले घट्ना बारे आधिकारिक जानकारी सार्बजनिक गरिसकेको छैन ।

घट्ना के कारणले भयो भन्ने बारे प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको छ भने घट्ना भएको होटल घट्नास्थललाई सिल गरेर अनुसन्धान भईरहेको छ । शबको पोष्टमार्टमको रिपोर्ट आउँन बाँकी रहेको छ ।

बाँकी हेर्नुहोस भिडियोमा..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू