स्कुटर चोरीको आरोपमा तीन जना पक्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १९ असार: प्रहरीले स्कुटर चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका–२७ ठमेलबाट उनीहरुलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ नयाँ बानेश्वर बस्ने इलाम नगरपालिका–४ का २३ वर्षीय अरुण श्रेष्ठ, सङ्खुवासभाको खाँदबारी नगरपालिका–१२ का धिरेन कटुवाल र काठमाडौँ महानगरपालिका–३२ का २१ वर्षीय अनुप तिवारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले तीनै जनालाई स्कुटर चोरेर लैजान लागेको अवस्थामा पक्राउ गरेको हो । रासस

प्रतिक्रिया