होटल, पार्टी प्यालेस तथा सुपरमार्केटमा छड्के, म्याद गुज्रेका खाध्य सामग्रीको धमाधम बिक्री (भिडियो)

मनिषा थापा

पिएनपिखबर : दैनिकरुपमा उपभोग गर्ने खाद्य पदार्थको बारेमा सोच्नै पर्ने बेला आएको छ। किनभने सुविधा सम्पन्न भनिएका डिर्पाटमेण्टल स्टोरहरुमा नै म्याद गुज्रिएका र अखाद्य बस्तुहरु फेला परेको छ ।

धुलिखेल जिल्ला प्रशासन कार्यालयका साहायक प्रमुख जिल्ला अधिकारी बसन्त राज अधिकारीको नेतृत्वमा घरेलु तथा सानो उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय, बनेपा नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधिहरुले बुधबार बनेपा बजारको संयुक्त अनुगमन गरेका थिए।

प्रतिनिधिले पार्टी प्यालेस, मिठाई पसल र खाद्द्य स्टोरमा अनुगमन गरेका थिए। अनुगमनको क्रममा केही खाद्य गोदामहरुमा म्याद नाघेको बस्तुहरु, विना दर्ता व्यवसाय खोलेको, मिति उल्लेख नभएको बस्तुहरु राखिएको र मिठाई पसलहरुको भान्छा दुर्गन्धित हुनुको साथै अत्यन्त बासी तेल प्रयोग गरिएको पाइएको छ ।डिर्पाटमेण्टल स्टोरले ब्यवसायिक कागजपत्र समेत नराखेको र बढी मूल्यमा बिक्री गरेको भेटिएको खाद्ध्य अनुसन्धान अधिकृत शिव प्रसाद भण्डारीले बताए।
म्याद नाघेका सबै खाद्य समाग्रीहरुलाई नष्ट गरिएको छ। उनको टोलीले अब यस्ता सामान राखेमा कडा कारवाही हुने चेतावनी दिएको बताए।

डिर्पाटमेण्टल तथा मार्टहरुमा कडा निगरानी राखी अनुगमन गर्न आवश्यक रहेको उद्योग अधिकृत कार्यालय प्रमुख केशव प्रसाद पुडाशैनीले जनाए । दर्ता नगरिएको उद्योगहरुलाई छिटोभन्दा छिटो दर्ता गर्न पहल गरेको उनको भनाई छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू