इन्जिनियर बा जसले पत्ता लगाए एचआइभी र क्यान्सरको आयुर्वेदिक औषधी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ७० वर्षीय कृष्ण प्रसाद पोख्रेलले डाक्टरले समेत् ठिक पार्न नसक्ने एचआइभी र क्यान्सरजस्तो प्राणघातक रोगको आयुर्वेदिक औषधी पत्ता लगाएका छन्।

उनले धेरै विरामीलाई आयुर्वेदिक औषधीले निको पारेको दावी गर्छन। पोख्रेलले हालै ललितपुरस्थित ‘आयुष आयुर्वेदिक जडीबुटी प्रशोधन केन्द्र’ खोलेर न्यून वर्ग देखि सम्पन्न वर्गका व्यक्तिलाई सेवा प्रदान गर्दै आएका छन्। उनी भन्छन, ‘मैले सक्नेले दिनुस, नसक्नेले नदिनुस् भन्ने गरेको छु।’

पेशाले सिभिल इञ्जिनियर रहेका उनले औषधीबारे लामो अध्धयन पछि औषाधलय खोलेका हुन्। जडीबुटीको उपयोगिता र यसको व्यवसायबाट पनि आत्मनिर्भर हुन सकिने कुुरा आममानिसलाई सिकाउन यस्तो पेसामा लागेको उनी बताउँछन् ।

हाम्रै वरिपरिका खेतबारी र पाखा–भित्तामा लाखौ आम्दानी दिने आयुर्वेद औषधिको कच्चा पदार्थको रुपमा विभिन्न जातका जडीबुटी पर्याप्त उपलब्ध भएको तर आम मानिसले त्यसको पहिचान गर्न नसक्दा त्यसै खेर गइरहेको पोख्रेलको भनाई छ।

उनको अनुसार, उनको पसलमा एचआइभी, क्यान्सर, मृगौला देखि अन्य सामान्य रोगहरुको औषधी पाइन्छ । आयुर्वेदिक औषधिले ‘साइडइफेक्ट’ नगरी रोग निको पार्न सहयोग गर्ने हुनाले यसको माग र विश्वास आममानिसमा बढिरहेको पोख्रेलले बताए।

यसबाट बहुमूल्य जडीबुटीबारे जनचेतना बढ्ने मात्रै नभएर यसको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्नेसमेत पोख्रेलले जनाए।

उनले भने, ”मैले सरकारसमक्ष आयुरवेद औषधी नेपालमै उत्पादन गर्ने, ठुलो रोगको उपाचार नेपालमै सम्भब छ, बजारीकरण गरे रोजगार सृजना हुने प्रस्ताब लिएर गएको थिए तर सरकारवालाले कुनै चासो देखाएनन्।” राज्यले यससम्बन्धी नागरिकलाई अभिमुख गराएर यसको पेसा व्यवसायमा आकर्षित गर्न सके सयौ बेरोजगार युवालाई रोजगारीको सिर्जना हुने उले दाबी गरे। 
 हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू