बनेपा ‘सिरिन्ज आतंक’को सबै रहस्य पर्दाफास (भिडियो)

मनिषा थापा

पिएनपिखबर : काभ्रे जिल्लामा सिरिन्ज आतंकले तहल्का मच्चाएको छ। सिरिन्ज आक्रमणका उजुरी र घटनाको चर्चा ब्यापक चलिरहेको बनेपामा सोमबार एक महिलामाथि सिरिन्ज आक्रमण भएको खबर सर्वत्र फैलियो। एक व्यक्ति पक्राउ पनि परे। तर डाक्टरले भने युवतीमाथि भएको घाउ सिरिन्जको नभएको प्रमाणित गरेको छ।

काठमाडौंबाट आएको बस बनेपा चारदोबाटोमा आईपुग्दा नपुग्दै एक यूवतीले आफुमाथि सिरिन्ज आक्रमण भएको भन्दै बस रोकिन् । यूवतीले भर्खरै मात्र बस चडेकी अर्की युवतीले सलले छोपेर आफूलाई सिरिन्ज आक्रमण गरेको भन्दै गुहार मागिन् । उनलाई भर्खरे मात्र बस चडेकी एक युवतीले सलले छोपेर केही घोपे जस्तो लाग्यो । केही छिन् युवती चुप लागेर बसेको तर अहिले दुख्दै गएको भन्दै त्यही युवतीकोमा गएर के गरेको भन्दै कराउन लागिन। ती महिलाले त्यहि रहेका खगेन्द्र पाठकलाई दोष लगाइन र कसैले सोधखोज नै नगरी उनीमाथि कुटपिट भयो। कुटपिटका बीच प्रहरीले आरोपित भनिएका दुई जनालाई सकुशल प्रहरी चौंकी लान भने सफल भयो । खबर यति फैलियो कि सामाजिक संजालमा केहि क्षण मै आरोपीत भन्दै खबर सर्वत्र फैलियो।

मध्यान्न एक बजे भएको घटना बेलुकासम्ममा भने नयाँ मोड लियो । पिडित भनिएकी यूवतीको बयानले घटनामा आरोपित भनिएका पाठकको संलग्नतालाई पुरै खण्डन गरिदियो । दिउँसोभर आलोचित बनेका स्याङजाका शिक्षक बेलुका भने निर्दोष सावित भए ।

आरोपित भनिएका युवकको नाम खगेन्द्र पाठक हो। उनी पेशाले एक शिक्षक हुन्। काठमाडौंबाट लोकसेवाको तयारी गरिरहेका उनी तयारी कक्षाको परीक्षा दिएर धुलिखेल फर्कदै थिए । उनलाई धुलिखेल अस्पतालमा विरामी परेर भर्ना भएका दाजु पर्ने आफन्तलाई भेट्ने हतार थियो । तर सोहिक्रममा उनीमाथि शंकाकै भरमा ठुलो बज्रपात भयो।

सामाजिक संजालमा आएको समाचारबाटै थाहाँ पाएर प्रहरी कार्यालय पुगेकी खगेन्द्रकी भाउजले शंकाको भरमा आफ्नो निर्देष देवरलाई आरोप लगाएको भन्दै आक्रोश पोखेकी छिन्। उनले भनिन्, ”हल्लाको भरमा मेरो देवरको कुटपिट भयो चौकी धाउन पर्यो। बदनाम नै गरियो। आरोप लगाउने महिलाले आफ्नो देवरसँग माफी माग्नुपर्छ।”

चिकित्सकहरुका अनुसार, युवतीको हातमा सानो कलमको टुप्पोले छोएको जस्तो रातो घाउँ छ । उक्त घाउ सिरिन्ज आक्रमण हुन् नसक्ने चिकिसकको दाबी छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू