‘हाम्रो राजा हाम्रो देश’ भन्दै पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनमा यसरी उर्लियो मानवसागर (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सोमबार पुर्व ज्ञानेन्द्र शाहको ७३ औ जन्मोत्सवको अवसरमा उनका समर्थक वीर गोर्खाली अभियानले नारायहिटी दरबार परिसरमा भव्य कार्यक्रमको आयोजना गरेको छ । 

आजको आवश्यकता संबैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य नेपालको पुनःस्थापना भन्ने मुल नाराका साथ ‘देश र श्रीपेच जोगाउने’ अभियान चलाइरहेको वीर गोर्खाली अभियानले पुर्वराजा शाहको जन्मोत्सवमा टिशर्ट पनि वितरण कार्यक्रम आयोजना समेत् गरेका थिए। 

कार्यक्रममा सहभागी जनाएका राजसंस्थाको समर्थकहरुलाई राजारानीको फोटो अङ्कित टिशर्ट पनि वितरण गरिएको थियो। उनीहरुले सडकमा ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै नारावाजी गरेका थिए। 

यद्दपी पुर्वराजा ज्ञानेन्द्र शाहले भने यो वर्ष आफ्नो जन्मोत्सव मनाएका छैनन् । पुर्व राजा शाहको ७३औ शुभ जन्मोत्सवका अबसरमा यस बर्ष कुनै औपचारिक कार्यक्रम राखिएको थिएन । प्राप्त जानकारी अनुसार, विशेष पारिवारिक कारणवस जन्मोत्सव मनाउन नसकिने भएकाले यसपटक औपचारिक कार्यक्रम नराखिएको हो। उनले आफ्नो जन्मोत्सव नमनाएता पनि शाहको जन्मोत्सव भव्य रूपमा देशका विभिन्न स्थानमा उनका समर्थकहरुले मनाए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू