सडकमा गम्भीर घाइते अवस्थामा भेटिएकी मनोरोगी डम्मर परियार अस्पतालको शैयामा छट्पटाउदै (भिडियो)

मनिषा थापा

पिएनपिखबर : भक्तपुरको सडकमा बेबारिसे अवस्थामा भेटिएकी डम्मर कुमारी परियारलाई मानव सामाज कल्याणले गत महिना उद्दार गरेको थियो। उद्दार गरेको केहि हप्ता मै उनी बेपत्ता भएको खबर आयो। अहिले भने पुन उनी सडकमा बेबारिसे र घाइते अवस्थामा भेटीएकी छिन्। गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचार भईरहेको छ।

नेपाल स्नेही काखकी संचालिका स्नेहा पोख्रेलले उनको उद्दार गरी उपचार गरिरहेकी छिन्। उनको अनुसार, कलंकीबाट उनलाई मनोरोगी वेवारसे अवस्थामा भेटिएको खबर आयो। पोख्रेल त्यहाँ पुग्दा परियार पुरै घाइते अवस्थामा भेटीईन। मनोरोगी परियारले आफुलाई ११ जना पुरुषले बलात्कार गरेको बताएकी थिइन। उनको शरीरमा घाउ र अनुहारमा धारिलो हतियार प्रयोग गरिएको कारण आँखा नै बाहिर निस्कीन लागेको जस्तो देखिएको पोख्रेलले बताईन। उनको शरीरको करङ्ग, हात बाचीएको र अनुहारमा गहिरो चोट लागेको कारण अप्रेसन गर्नु पर्ने भएको छ। उनको बाहिरी चोट भरिएपछि परिवार पत्ता लगाई जिम्मा दिने र नभेटिएको खण्डमा आफै राख्ने पोख्रेलले जनाईन।

मनोरोगी रहेकी परियारमाथि वास्तविक के घटना घटेको भनेर भन्न मुस्किल रहेको उनको भनाई छ। पोख्रेलले डम्मर कुमारीको थप उपचारको लागि सहयोगी मनहरुलाई सहयोगको अपिल पनि गरेकी छिन्। सहयोग गर्न चाहने महानुभावले ९८६००१२०८५मा सम्पर्क गर्न उनले अनुरोध गर्दै एक रुपैया मात्रै दिए पनि आशिष हुने उनले बताईन।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू