उकालो लाग्यो सुनचाँदीको सुनको भाउ

शर्मिला गुरुङ

काठमाडौं, २६ असार : आज साताको पाचौँ दिन अर्थात बिहीबार नेपाली बजारमा हिजो ओरालो लागेको सुनको भाउ आज फेरी उकालो लागेको छ । हिजो प्रतितोला ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज चार सयले बढेर ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुनको भाउ पनि उकालो लागेको छ। हिजो प्रतितोला ६४ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ६४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यसैगरी हिजो स्थिर रहेको चाँदी भाउ पनि आज उकालो लागेको छ । हिजो प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार चाँदी आज ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया