घट्यो सुनको मूल्य

मनिषा थापा

काठमाडौं : आज हप्ताको पाँचौ दिन सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा आज (बिहीबार) सुन  ४ सय रुपैयाले घटेको छ ।

बजारमा आज छापावाला सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, चाँदी १० रुपैयाले घटेर  प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया