भक्तपुर : गत आइतबार काठमाडौँको माछापोखरीस्थित हिमालय सिटी सेन्टरमा जिल्ला कार्यसमिति पर्वतका सचिव युक्त प्रसाद श्रेष्ठको रहस्यमय ढङ्गले मृत्यु भएको घटना योजनाबद्ध रुपमा घटेको केन्द्रिय सदस्य अर्जुन जोसीको आरोप छ।
बालुवाटार प्रकरणमा संलग्नता रहेका जो सरकारसँग नजिक रहेको व्यक्तिहरुको यस घटनामा संलग्नता हुन् सक्ने आशंका छ। आठ तल्लेबाट खस्दा पनि शरीरको कुनै पनि भागमा चोटपटक, रगत र अङ्गभङ्ग नहुनु जस्ता कुराले घटनालाई थप रहस्यमय बनाएको उनले जनाए।
श्रेष्ठको मृत्युपछि अनुसन्धान नै नगरी आत्माहत्या घोषणा गरी सञ्चारमाध्यमहरु मार्फत आएका समाचारप्रति उनले आपत्ति जनाए । उनले प्रहरी र सरकारले गम्भीरता पुर्वक छानविन गरी घटनाको सत्य तथ्य कुरा बाहिर ल्याउनु पर्ने उल्लेख गरे।
बाँकी हेर्नुहोस भिडियोमा ….