गोलीसहित एक जना पक्राउ

राष्ट्रिय समाचार समिति

सुरुङ्गा, १६ साउन: प्रहरीले झापाको भद्रपुर विमानस्थलबाट थ्रीनट थ्री राइफलको गोलीसहित आज एक व्यक्तिलाई पक्राउ गरेको छ । दिउँसो २ बजेको सौर्य एयरलाइन्सबाट काठमाडौँ जान लागेका इलामको सूर्याेदय गाउँपालिका–४ का ३१ वर्षीय सुरेन राई पक्राउ परेका हुन् । 

फाइल फोटो

राईलाई विमानस्थलमा जाँचका लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका राईबारे अनुसन्धान थालिएको छ । राईमाथि हात हतियार तथा खर खजना ऐनअन्तर्गत मुद्दा चलाइने श्रेष्ठले बताउनुभयो । रासस

प्रतिक्रिया