काभ्रेमा अख्तियारकाे छड्के: पाँच प्रहरी अख्तियारकाे फन्दामा

admin

काभ्रे, १६ साउन : काभ्रेका विभिन्न स्थानबाट ट्रिपरसँग पैसा उठाउने पाँच जना ट्राफिक प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेहरुमा मण्डनदेउपुर नगरपालिका हिगुवापाटी प्रहरी चौकीमा कार्यरत ट्राफिक प्रहरीका जवान तेजप्रसाद भट्टराई, ट्राफिक प्रहरी कार्यालय बनेपाको पोष्टमा कार्यरत सिपाही हरिप्रसाद बाँनिया र हवल्दार रामहरी मानन्धर रहेका छन्। उनीहरुले २/२ हजार घुस टिपर चालकसँग लिदै गर्दा अक्तियारको टोलिले पक्राउ गरेको हो ।

त्यस्तै पाँचखाल प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु र जवाल ज्ञानबहादुर लाम्गाडेलाई पनि अरनिको राजमार्ग केराघारीबाट पक्राउ गरेको हो । प्रहरीले टिपरसँग मासिक २ हजार असुल्ने क्रममा टिपर ब्यवसायीले चारवटा चेकपोस्टमा रकम बुझाउनु पर्ने बाध्यकारी बनाएको भन्दै अख्तियारमा परेको उजुरीका आधारमा टोलीले छापा मारेको बताएको छ ।

प्रतिक्रिया