प्रधानमन्त्री निवास नजिकै आफ्नै घरभित्र बन्दी बन्न बाध्य छन् दुलाल परिवार

मनिषा थापा

पिएनपिखबर : प्रधानमन्त्री निवास नजिकै आफ्नै घरभित्र बन्दी बन्न बाध्य छन् लक्ष्मी दुलालको परिवार। बालकोटमा रहेको लक्ष्मी दुलालले २०६५ सालमा कानुनको मापदण्ड अनुरुप नै जग्गा किनेर घर बनाइन। उनको घर अगाडीको बाटो ४ फिट रहेको भनेर सहमति गर्दा गर्दै पनि  स्थानीय बासी हरि रानाभाटले छेकेर नौ फिटको पर्खाल लगाएका छन्। तर त्यो पर्खाल लगाएको बाटो उनको नाममा नै नभएको दुलालले बताईन।

आवातजावत गरिरहनु पर्ने बाटो छेकिदिए पछि उनको परिवार अर्काको घरको आगनबाट हिड्न बाध्य छन्। ३ वर्ष देखि आफ्नो परिवार बन्धक जस्तै भएर बस्नुपर्नेको लक्ष्मीको गुनासो छ। मुद्दा हाल्न जान्छु भन्दा हरि भन्ने व्यक्तिले बाटो दिन्छु भन्दै टारेकों उनले बताईन। सम्बन्धित समस्या लिएर प्रधानमन्त्री निवाससम्म पुग्दा पनि वास्ता नभएको उनको भनाई छ।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू