जन्मिएको ५ महिना मै आगोमा परी दुवै हात गुम्यो, आमाले गरिन सहयोगको याचना

मनिषा थापा

पिएनपिखबर : खोटाङ्गका ५ महिनाका शिशु प्रविन राई आगोमा परि गम्भीर घाइते भएका छन्। गत साउन ३ गते अगेनामा परेका उनको दुबै हात र टाउकोमा गहिरो चोट लागेको थियो। निर्मलाका श्रीमान खेतमा काम गर्न गएकोले उनी खाजा पुर्याउन गएकी थिइन। तर आउँदा उनको छोरालाई पोलिसकेको रहेछ। उनको अर्को छोराले प्रविनलाई हेरिरहेका थिए।

दुई वर्षीय प्रविनलाई तत्काल नजिकैको अस्पताल पुराइएको थियो। त्यहाँका डाक्टरले राजधानीको कान्ति अस्पताल रिफर गरिदिए। आर्थिक अवस्था कमजोर भएर प्रविनको परिवार उपचार गराउन नसकेर घर फर्किदै गर्दा बाटोमा केही युवाहरूले केही आर्थिक सहयोग गरेर उनलाई काठमाण्डौको कान्ति अस्पताल पठाएका थिए।

गत १३ गते देखि राईको कान्ति अस्पतालमा उपचार भईरहेको छ। कान्ति अस्पतालमाले ती बालाकको उपचार खर्च निशुल्क गराएको छ। उनलाई नजिकैबाट नियालेकी डाक्टर गौरी कार्कीले भनिन्, ‘प्रविनको हात धेरै जलेको कारण काट्न पर्ने अवस्था पनि आउँन सक्छ उनको उपचार भईरहेको छ र कति समय लाग्छ भनेर अहिले भन्न सक्ने अवस्था छैन।’

९ सन्तानकी आमा निर्मालाले औषधी किन्न समेत् धाउधाउ परेको बताईन। उनले आफ्नो ५ महिनाको छोरालाई सहयोग गरिदिन अपिल गरेकी छिन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू