उपकुलपति बनाउन लबिङ

admin

काठमाडौं, १८ साउन: मुलुकका ११ विश्वविद्यालय मध्ये सातवटामा उपकुलपति, रेक्टर, रजिष्ट्रारलगायत पद असोज ५ गतेभित्र खाली हुँदैछन् । साउन ५ देखि त्रिवि सेवा आयोगको अध्यक्ष पद खाली भइसकेको छ ।

पद खाली हुन लागेसँगै विश्वविद्यालयको उपकुलपति बन्न राजनीतिक पार्टीनिकट भातृसंगठन आबद्ध प्राध्यापकहरु शक्तिकेन्द्र धाउँदै उपकुलपति कसलाई बनाउने भन्नेबारे लबिङ थालेका छन् ।

विश्वविद्यलायको शैक्षिक प्राज्ञिक उन्नयनभन्दा पनि पार्टी र नेताहरुलाई कसले कति धेरै आर्थिक सहयोग गर्न सक्छ उसलाई नै उपकुलपति बनाउन विश्वविद्यालयका शिक्षक नेताहरु मैदानमा दोडिरहेको देख्या प्राध्यापकहरु नै क्षुब्ध बनेका छन् । आजको नागरिक दैनिकमा खबर प्रकाशित छ ।

प्रतिक्रिया