पिएनपिखबर : ड्रयागन फ्रुट, सिउडी प्रजातिको फल हो। यस फलको उत्पत्ति मेक्सिकोमा भएको हो । अन्य मुलुकमा यो फल व्यवसायिक रुपमा स्थापित भएतापनी, नेपालमा भने भर्खरै यसले गति लिन थालेको छ। यो नेपालका लागि नयाँ कृषि अभ्यास मानिन्छ। किनभने यो फलफूलको मुख्य बजार चाइना, भियतनाम र थाइल्यान्डमा बढी छ र नेपालमा धेरै न्यून छ।
नेपाल कृषिप्रधान देश भनेर चिनिन्छ तर दुखको कुरा हो कृषिका सामाग्री विदेशबाटै निर्यात हुनेगर्छ। पछिल्लो समय भने रोजगारी र भ्रमणका लागि विदेशिएका युवाहरु स्वदेश फर्किएर आधुनिक पद्धतिबाट कृषि व्यवसायमा लागेका छन्। उनीहरुको अनुभवले विदेशमा भन्दा आफ्नै देशमा मेहेनत गरेर आर्थिकरुपमा सम्पन्न हुने धारणा बनेको छ।
त्यस्तै लामो समयसम्म फिल्मी जगतमा काम गरिसकेका बेशमान श्रेष्टले विगत ४ वर्ष देखि विश्व मै महँगो मानिने ड्रयागन फ्रुटको खेती गरिरहेका छन्। काभ्रेको नालाका स्थायी बासिन्दा उनले मलेशिया जाँदा उक्त फललाई चाख्ने मौका पाए। त्यसपछि उनले नेपाल मै यस्तो फल उब्जाउने प्रेरणा मिलेको उनी बताउछन्।
उक्त फलको तारिफ गर्दै उनले भने, ‘भोक लागेको बेलामा एक टुक्रा मात्र खाए पनि अगाउने तथा १३ पोषण तत्व पाइन्छ।’ उनले यस्ता कृषितर्फ सरकारले कुनै चासो नराखेको गुनासो पोखे।
सामान्यतः यसको मूल्य किलो कै ८ सय रुपैयाँ प्रतिकिलो देखि १ हजार रुपैयाँ प्रतिकिलोसम्म पर्छ। यो फल निकै स्वास्थ्यवर्द्धक भएकोले जुनसुकै खालका दीर्घरोगीहरू जस्तै का लागि पनि उपयुक्त हुन्छ । उच्च रक्तचाप, कब्जियत, युरिक एसिड, थाइराइडलगायतका बिरामीले पनि यो फल अत्यन्तै फाईदाजनक छ।
बाँकी हेर्नुहोस भिडियोमा….