हिमानीले गरिन पुर्व राजा ज्ञानेन्द्रको पुस्तक ‘सन्देश संग्रह’ विमोचन

मनिषा थापा

भक्तपुर : सधै सामाजिक कार्यमा सक्रिय रहदै आएकी पूर्व युवराज्ञी हिमानी शाहले बालुवाटारस्थित ‘हिमानी ट्रष्ट’को कार्यलयमा पत्रकार सम्मेलन गरी प्राकृतिक विपदमा परेका पिडित व्यक्तिहरुलाई मद्दत गर्न ‘दैवीप्रकोप उद्दार कोष’ स्थापना गर्ने घोषणा गरेकी छिन्। 

यसको साथै उनले पुर्वराजा ज्ञानेन्द्र शाहद्वारा लिखित ‘सन्देश संग्रह’ पुस्तक पनि सम्मेलनमार्फत सार्वजनिक गर्दै पुस्तकको विक्रिबाट प्राप्त रकम हिमानी कोषमा जम्मा गरी पिडितको लागि सहयोग गर्ने जनाईन। 

उक्त कार्यक्रममा पूर्व युवराज्ञी हिमानी जेठी छोरी पूर्णिकाका साथमा उपस्थित भएकी थिइन्।

२०७२ सालको भूकम्पमा पनि ‘हिमानी ट्रष्ट’ले जनतालाई सेवा गरेको र आगामी दिनमा प्राकृतिक विपत्तिमा परेका व्यक्तिहरुको पनि सोही रुपमा सहयोग गर्ने उनको भनाई छ। 

‘हिमानी ट्रष्ट’ ले महिला, युवा, बालबालिका, ज्येष्ठ नागरिक, भूकम्प पीडित, बाढी पहिरो पीडित लगायतलाई सहयोग गर्दै आएको छ। 

प्रतिक्रिया