पितृप्रसाद खाँदा १८ बिरामी

राष्ट्रिय समाचार समिति

सिन्धुली, १९ साउन: दूधौली नगरपालिका–६ हर्षाही माझखर्कमा पितृप्रसाद खाँदा १८ जना बिरामी परेका छन् । स्व देवनारायण दाहालको मासिक शनिबार गरिएको थियो । स्थानीय डम्बरकुमारी दाहालको घरमा शनिबार पितृप्रसाद खाएकामा आज बिहानैदेखि बिरामी पर्न थालेका दूधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले बताउनुभयो ।

स्थानीयवासीलाई बिहानदेखि टाउको दुख्ने र बान्ता तथा झाडापखाला लागेको उहाँको भनाइ छ । एकै गाउँमा १८ जना बिरामी परेपछि अहिले दूधौली स्वास्थ्यचौकी, सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको टोलीले उपचार गरीरहेका उहाँले जानकारी दिनुभयो ।

बिरामी परेकाको त्यहाँ उपचार हुन नसकेमा तत्काल अन्यन्त्र उपचार गर्न लैजान दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखीएको उहाँले बताउनुभयो । सबैको नगरपालिकाको सहयोगमा आवश्यक उपचार भइरहेको छ ।

प्रतिक्रिया