‘बृद्धभत्ता र बाख्रा बेचेको पैसा नदिएको कारण दाइले बाबुको हत्या गरेका हुन्’

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय एक पछि अर्को गर्दै हत्या, हिँसा र बलात्कार जस्ता घटनाहरु झनै तीव्र रुपमा बढ्दै गईरहेको छ। त्यस्तै ललितपुरमा एउटा डरलाग्दो घटना घटेको छ।

ललितपुर जिल्ला, बागमती गाउपालिका वडा नं १ मा ३५ वर्षीय छोराले कोदाला प्रहार गरी आफ्नै बाबुको हत्या गरेका छन्। साउन १५ गतेको राति ८ बजेको समयमा अशोक लोले आफ्नै ६५ वर्षीय बाबु आइतसिंह लोको हत्या गरेका हुन्।

अशोक लो मृतक आइतसिंहका कान्छा छोरा हुन्। मृतकका जेठा छोरा राजेन्द्र लोले घटना हुने दिन बुबा र अभियुक्त भाईले रक्सि खाएको बताए। उनले भने, ‘भाईले खाना खाउ भन्दै गाली गरिरहेको थियो बुबालाई, धेरैले भनाभन भएपछि हामी हेर्न आयौ त्यतिबेला सम्म भाईले बुबालाई कोदालोले हानेर अन्तिम अबस्थामा पुराईसकेका थिए। उनको मुटुमात्र थोरै चलिरहेको थियो।’

सधैं रक्सी खाएर मात्तिने बाबु र छोरा प्राय जसो झगडा गरिरहने भएकाले उक्त घटना घटेको आफन्त जनाउछन्। अभियुक्त अशोकको एक साना छोरा छन् भने श्रीमती पहिल्यै छाडेर गएकी थिइन। अशोक, उनका बाबु र छोरा संगै बस्ने गर्थे।

अभियुक्तका १० वर्षीय छोराले बाबुले आफुलाई पनि बेलाबखतमा कुट्ने गरेको बताए। मृतककी कान्छी छोरीले भने मृतक आइतसिहंलाई प्राय अशोकले कुटपिट गर्ने गरेको सुनेको जनाईन। उनले भनिन्, ‘बुबाले वृद्दभत्ता र बाख्रा बेचेको पैसा नदिएको भन्दै बारम्बार दाइले  झगडा गर्थे त्यहि पैसाको निहुँमा उनले बाबुको हत्या गरेका हुन् ।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू