पिएनपिखबर : गत शनिबार तरुण दलको अधिवेशन कार्यक्रम सम्पन्न भएको छ। सुर्यविनायक नगरपालिका वडा न १० चितापोलमा आयोजना गरिएको अधिबेशन कार्यक्रमको प्रमुख अतिथि नेपाल तरुण दलका अध्यक्ष महेन्द्र यादब, विशिष्ट अथिति नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति दुर्लभ थापा, नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङ, नेपाल तरुण दल भक्तपुर अध्यक्ष राजु थापा, नेपाली कांग्रेस नेताहरु लगयातकोको उपस्तिथीमा कार्यसमिति गठन भएको थियो।
उक्त अधिवेशनमा प्रमुख अतिथिको रुपमा पाल्नु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल तरुण दलको पूर्वअध्यक्ष महेन्द्र यादवले वाइडबढीदेखि फोरजीमासमेत् भ्रष्टाचार भएको भन्दै वर्तमान सरकार नै भ्रष्टाचारी भएको आरोप लगाउनु भयो।
उहाँले भारत, चीन, अमेरिकासहितका देशमा नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नरहेको र एशिया भरमै नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यासमा गौरब गर्ने पार्टी रहेको उल्लेख गर्नुभयो। lनेता यादवले केन्द्रीय कार्यसमितिमा सबै नेताहरू एक ढिक्का भएर छलफल चलेको भन्दै विचारको मन्थन गरेर निर्णय गरिएको र बहुमतबाट निर्णय नगरिएको उल्लेख गर्नुभयो।
त्यस्तै कार्यक्रममा विशिष्ट अथितिको रुपमा पाल्नुभएका नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसलाई कमजोर नठान्न आग्रह गर्नुभयो।
यसको साथै तरुणहरु एक ढिक्का भएर भ्रष्टचार र बेतिथीको विरुद्ध लाग्नुपर्ने र त्यसको नेतृत्व तरुण दलले गर्ने जनाउनुभयो। विवाद र गुठलाई अन्त्य गर्न नेताहरुलाई उहाँले सुझाब दिनुभयो।