आफ्नो पिडा स्व. मन्त्री रविन्द्र अधिकारीको परिवारमा देखे जसकारण मैले उनको मूर्ति कोरे : महेन्द्र पुन

मनिषा थापा

पिएनपिखबर : महेन्द्र पुन एक मूर्तिकार हुन्। सानै देखि मुर्ति बनाउने चाहाना उनको अहिले पुरा भएको छ। उनले भगवानको मुर्ति देखि पूर्वजहरुको समेत् मुर्ति बनाउने गर्छन। उनले दिवङ्गत पर्यटन मन्त्री रविन्द्र अधिकारीको मुर्ति बनाएका छन्।

स्वर्गीय मन्त्रीका परिवारले उक्त मुर्तिलाई देखेपछि अँगालो हाली रोएको उनले बताए। मन्त्रिको निधन पछि १ महिना लगाएर उनको सम्झनामा र आफ्नो पिडा स्व. मन्त्री रविन्द्र अधिकारीको परिवारमा देखेको कारण उनको  मुर्ति कुदेको पुनको भनाई छ।

उनले स्व.अधिकारीलाई परैबाट एकपटक मात्रै नियाल्ने मौका पाएका उनले आफ्नै लगानीमा यस मुर्ति बनाएका हुन्। यति मात्र हैन उनले आफ्नो घरको सदस्यहरुको पनि मुर्ति पानि बनाएका छन्। उनले बनाएको ,मुर्ति हेर्न धेरै विशिष्ट व्यक्तिहरु आउने गरेको जनाए।

घर डढेलधुरा भएका पुन आफुमा भएको कलालाई निखार्नको लागि काठमाडौँ आएका हुन्। उनले काठमाडौँ आएको शुरुवातका दिनहरुमा निकै दुख पाएको बताए। उनले खान, बस्नको लागि मजुदुरको काम गरेका थिए। उनी भन्छन, ‘जे काम गर्दा पनि मुर्ति बनाउने सोच आउने गर्थ्यो। जहाँ पनि मुर्ति नै देख्थे।’ उनी आफुलाई मुर्ति बनाउँदा छुट्टै आनन्द मिल्ने बताउछन्।

उनी आगामी आफुले जानेको यस कलालाई सदुपयोग गरी विभिन्न मुर्ती बनाई पर्दशन गर्ने जनाए। उनले सृजना कलेज अफ फाइनान्सबाट स्नातकसम्मको अध्धयन गरेका उनले हालै ७ वटा स्कुलमा कला पढाउछन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया