घरको ताल्चा नै फोरेर यी महिलामाथि निर्मम कुटपिट, यसो भन्छन प्रत्यक्षदर्शी

मनिषा थापा

पिएनपिखबर :   भक्तपुरको चाँगुनारायण घर भई साँखुमा डेढा गरी बस्ने देवकी खत्रीमाथि कुटपिट भएको छ । देवकी खत्रीले आफु सुतिरहेको बेला ताल्चा फोडी घरभित्र पसेर केशव बानियाँले मरासन्न हुने गरी कुटपिट गरेको बताएकी छिन्।

साउन १० गतेको दिन केशव बानियाँले मादकपदार्थ सेवन गरेर आएको र अश्लिल शब्द बोलि निर्घात कुटपिट गरेको पिडित देवकीको आरोप छ।

उनको अनुसार, केशव बानियाँसँग उनले केहि समय अघि ऋण मागेकी थिइन। केशवले ऋण लिएको पैसा मागे पछि पैसा फिर्ता दिँदा समेत् नलिई आफुलाई उल्टो घरभित्र पसेर कुटपिट गरेको उनको भनाई छ। उनी आफु माथि ठुलो अन्याय भएको भन्दै बुधबार स्वागत नेपालको कार्यालय पुगेकी थिइन।

केशवले मार्छु नै भनेर हमला गर्न आएको देवकीको छोरीले बताईन। उनले भनिन्, ‘मेरो ममीलाई पहिला पनि पटक-पटक कूटन आउने गर्थे। अब हामी सबैलाई मार्न पनि सक्छ, हामी असुरक्षित छौ।’

आर्थिक लेनदेनको कारण देवकीमाथि हमला भएको दवेकीका घरबेटीको भनाई छ। साथीलाई भेट्न गएका उनी आउँदा ती व्यक्तिले देवकीलाई कुटिरहेको देखेको बताए। ती व्यक्ति देवकीलाई मार्ने नियतले आएको उनको आरोप छ । 

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू