पिएनपिखबर : भनिन्छ आइडियाले इन्डिया बन्छ तर आइडिया भयो भने इन्डिया मात्र हैन नेपाल पनि अवश्य बन्छ। चितवनको रत्ननगरस्थित सौराहा चोकमा रहेको नारायणी अटो वर्कशपका संचालकश्रवण कुमारले आफ्नै दिमाग र इञ्जिनियरिङ्गका आधारमा नेपालमै बाइक धुने अत्याधुनिक प्रविधिको विकास गरेका छन्।
झट्ट हेर्दा बिदेशी परिवेशमा खासै नौलो नलाग्ने यो मेकानिजम नेपाल अझ बिशेष गरी काठमाडौँको लागि भने नौलो नै लाग्न सक्छ। काठमाडौँ वरपर रहेका सानातिना वर्कशपमा मात्र हैन ठुलै कम्पनीका सर्भिस सेन्टरमा समेत यस्तो प्रबिधिबाट ‘बाइक वाश’ गरिएको त्यति पाइदैन।
बाइक धुँदा सबैभन्दा पहिले पानीले हिलो पखालिने गरिन्छ त्यसपछि सामान्यतया हातैले साबुन र पानी घोलेर फिज निकाली कपडाले बाइकमा दल्ने गरिन्छ र अन्त्यमा फेरी पानीको फोहोरले पखाल्ने गरिन्छ। तर चितवनका यी मेकनिकले भने साबुन र पानीलाई ग्यासको सिलिण्डरमा हालेर हातले हल्का घोल्ने र सिलिण्डरमा हावा भर्ने ट्यांकीबाट पाइपको साहारामा प्रेसर उत्पादन गरेर अर्को पाइपबाट सिधै बाइकमा साबुन दल्न मिल्ने प्रविधीको विकास गरेका छन। यसरी साबुन बाइकमा दल्दा साबुन कम लाग्ने र फिज पनि मज्जाको आउने रहेछ। बिशेष गरी विदेश तिर यो मेकनिजमलाई ‘हाइ प्रेसर सोप’ पनि भनिन्छ। यसरी बाइक धुँदा कालान्तरमा फुलाई फाइदा हुने उनको विश्वास रहेको छ। यहि पेसामा लामो समय काम गर्ने भएकाले उनले यो तरिका अपनाएको समेत् बताए।
शुरुमा इन्डियाको कुनै भू-भागमा यो प्रविधिको प्रयोग भएको देखेपछि उनले मेशिन किन्ने सोच बनाए तर काठमाडौँमै यस्ता मेशिन नभेटिए पछि उनले आफैं निर्माण गर्ने सोचे। उनले ग्यासको सिलिण्डरलाई नै प्रयोग गरेर बनाउन सकिन्छ कि भनेर काठमाडौँका केहि मेकानिकलाई फोन गरे तर उनीहरुले अग्रिम पैसा नदिकन केहि नगर्ने बताए पछि उनले यो मेशिन आफैं बनाउने निर्णय गरे। २००० रुपैयामा ग्यासको सिलिण्डर किनेर उनले त्यसमा प्वाल पारी ‘इलेक्ट्रिक वेल्डिंग’द्वारा आफ्नो मोडल तयार पारे। थप २००० रुपैयाको उनले त्यसमा ‘सोप वाटर मिक्सर’ हाल्ने प्वाल र हाइ प्रेसर उत्पादन गर्ने इन्पुट समेत बनाए। शुरुको अवस्थामा पानी र शोपको मिक्सर हाइ प्रेसर दिने हावाको पाइपबाट रिभर्स गएपछि उनले त्यहाँ पनि ‘रिभर्स प्रेसर कन्ट्रोल’ गर्ने सिस्टम राखेका छन्। सुरक्षाको दृष्टिकोंणले कतिको असुरक्षित छ भनेर प्रश्न गर्दा उनी भन्छन, ‘अहिले हामी अड्कलेर मात्र प्रेसर क्रिएट गरिरहेका छौं यो सिलिन्डरमा पनि प्रेसरमापन गर्ने यन्त्र जोड्न सक्यौ भने यो १००% सुरक्षित रहनेछ।’
उनले पानीको फोहोराको लागि पनि महँगो दाममा जर्मन प्रेसर वास किनेका रहेछन। बजार मूल्य १ लाख ५० हजार रहेको उक्त मशिन उनले चितवनसम्म झिकाउँदा झन्डै १ लाख ७० हजार जस्तो परेको रहेछ। त्यति मात्र नभएर उनले बाइक मा वाक्स दल्नको लागि पनि डिजेल वक्स को नयाँ कन्सेप्ट क्रिएट गरेका रहेछन। डिजेललाई वाक्समा मिसाएर प्रेसर बोत्तलबाट नै उनि वाक्स गर्दा रहेछन। यसो गर्दा बाइक नयाँ जस्तै टल्किने र रंग पनि नखुइलिने उनको दाबी रहेको छ।
हेर्नुहोस भिडियो :
तपाईलाई यो रमाइलो सामग्री कस्तो लग्यो कृपया कमेन्ट गर्न नभुल्नुहोला साथै हाम्रो फेसबुक पेजलाई लाइक र युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला है।