पिएनपिखबर : रामेछाप घर भएकी क्यान्सर पिडित कमला तामाङ यति खेर आफ्नो उपचारको लागि सहयोगको याचना गरिरहेकी छिन्। रामेछाप घर भएकी उनी विगत साढे दुई महिना देखि बल्ड क्यान्सरबाट पिडत छिन्। उनी उपचारका लागि हालै राजधानी आएकी हुन्।
कमालाका श्रीमान अनिष तामाङले अहिले हेरचाह गरिरहेका छन्। कमलाको ४ वर्षीय छोरा पनि छ। अस्पताल धाईरहनु पर्ने भएकोले उनले आफ्नो बहिनीको घरमा छोरा राखिरहेकी छिन्।
उनको घरको आर्थिक अवस्था निकै कमजोर भएकोले उनको उपचारको लागि आर्थिक संकलनको लागि ‘कमला बचाउ अभियान’ स्थापना गरिएको छ।
उक्त अभियान मार्फत काठमाडौँको बौद्धस्थित ‘कमला बचाउ अभियान’का अभियान्ताहरुद्वारा आयोजीत पत्रकार सम्मेलनमार्फत क्यान्सरपिडित कमलाले सहयोगको अपिल गरेकी छिन्। उनको उपचारका लागि केहि सहयोग पनि आइरहेको छ तर उपचारको लागि १६ लाखभन्दा माथि लाग्ने भएकोले यसरी अभियान चलाउनु परेको उनको श्रीमानले बताए।
तपाईहरुको सानो सहयोगले कमलाले नयाँ जीवन पाउने छिन्। त्यसैले उनको उपचारको लागि सक्दो सहयोग गरिदिनु हुन हामी पिएनपिखबर परिवार विनम्र अनुरोध गर्दछौ। साथै सहयोग गर्न चाहनुहुने सहयोगीमनले कमलाका श्रीमान अनिष तामाङको मोबाइल नम्बर ९८६०१४९०९१ मा सम्पर्क गर्नु सक्नुहुनेछ ।