राजसँस्थालाई टक्कर दिन सक्ने शक्ति कुनै माइकलालसँग छैन : पशुपति खड्का

मनिषा थापा

पिएनपिखबर भक्तपुर : पछिल्लो समय पूर्व राजा नभए देश रहदैन भन्दै शाही शक्ति अभियानमा लागेका पशुपति खड्काले गणतन्त्रको घोर विरोध गर्दै आएका छन्। शाही यूवा शक्ति, नेपालका अध्यक्ष रहेका उनले नेपाली जनताले नचाहेको गणतन्त्र दिनप्रतिदिन असफल हुँदै गएको बताए। जनताले गणतन्त्र व्यवस्थाबाट निकै दुख पाएको उनको धारणा छ।

वर्तमान समयमा गणतन्त्रबाट असन्तुष्ट बनेका नेपाली जनताले राजाको खाँचो महसुस गरिसकेको उनले बताए। ९९ प्रतिशत जनताले राजसँस्थाको पुनःस्थापना चाहेको दाबी गर्दै उनले भने, ‘शाही यूवा शक्ति, नेपाल अब अभियानमार्फत जनतालाई सजग गराई राजसँस्थाको पुनस्थापना गराउन देशब्यापीरुपमा लाग्नेछ। हामी शान्तिपूर्ण ढंगले राजसँस्थाको पुनःस्थापना गर्नेछौ।’

त्यस्तै, उनले राजालाई नागार्जुनबाट हटाउने जस्ता अभिव्यक्ति दिन प्रचण्ड पुष्पकमल दाहालसँग कुनै अधिकार नभएको बताए। उनले भने, ‘नेपाल पृथ्वी नारायण शाहाले एकीकरण गरेको देश हो, अस्ति भर्खर जन्मिएका प्रचण्डको बाउको सम्पति हैन। प्रचण्डले आक्रोशित हुँदै दिएको अभिव्यक्तिले नेपाली जनतालाई राजसंस्था पुनःस्थापना गर्न झनै उत्तेजित बनाएको छ। ‘

उनले अघि भने, ‘गद्धीमा बसेका राजाभन्दा नगरिक भएर बसेका राजा धेरै शक्तिशाली छन् जसकारण राजसंस्थालाई टक्कर दिन सक्ने शक्ति कुनै माइकलालसँग छैन।’ नागरिक भएर बसेका राजाले कसैसँग भेट्दैमा सक्रियता बढाएको आरोप लगाउन नमिल्ने उनको भनाई छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू