निर्दयी श्रीमती ! चक्कु प्रहार गरी लिइन् श्रीमानको ज्यान

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय नेपलमा हत्या, हिँसाका घटनाहरु एक पछि अर्को गर्दै आइरहेको छ। यस्तै घटना फेरी राजधानीमा घटेको छ।

मकवानपुर जिल्ला गढी गाउँपालिका वडा नम्बर ८ घर भई हाल काठमाडौँको जोरपाटीमा कोठा बस्दै आएकी २५ वर्षिया शिला घलेले आफ्नै २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको चक्कु प्रहार गरि हत्या गरेकी छिन् । सामान्य घरायसी विवादको क्रममा शिलाले तरकारी काट्ने चक्कुले छातीमा प्रहार गर्दा ज्यान गएको हो ।

शिलाका दाई नरायण घलेको अनुसार, उनीहरुले प्रेमविवाह गरेको १८ महिना पुग्यो। उनले ज्वाई, बहिनी को झगडा भएको खबर कहिल्यै असुनेको तर एक्कासि यस्तो घटनाले निकै अचम्मित परेको बताए। उनीहरुको आठ महिनाको सन्तान पनि रहेको छ।

छिमेकीले भने घटना घट्ने दिन पनि शिला र जालमानको झगडा भएको र दुई मुक्का जालमानले हानेपछि शिलाले जवाफमा चक्कु प्रहार गरेको बताए ।

चक्कु प्रहारबाट शक्त घाइते भएका जालमानलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । श्रीमानको शब देखेपछि अभियुक्त श्रीमती पनि बेहोश भएकी थिइन। अहिले उनलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडी बढाएको छ।

हेर्नुहोस भिडियो :

यो पनि हेर्नुहोस……………………….

 

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू