‘एस मिनी मार्केट’मा आगलागी

राष्ट्रिय समाचार समिति

पोखरा, २८ साउन: पोखराको न्यूरोडस्थित ‘एस मिनी मार्केट’मा आज आगलागी भएको छ । मिनी मार्केटको सात व्यवसायीको २३ पसलमा आगलागी हुँदा करोडाँै रुपैयाँको नोक्सानी भएको छ ।

पोखरा महानगरपालिकाका तीन दमकलको सहायतामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको थियो । दुई घण्टापछि आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया