काभ्रेको धुलिखेलमा युवा माथि खुकुरी प्रहार

admin

धुलिखेल, ३१ साउन: काभ्रेको धुलिखेलमा एक युवा माथि खुकुरी प्रहार भएको छ । धुलिखेल नगरपालिकाको संजीवानी माविको गेट अगाडी धुलिखेल वडा नं ८ का २८ वर्षिय सिताराम तामाङ माथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीका अनुसार तामाङलाई धुलिखेल निवासी सत्यमान तामाङ र पाँचखाल नगरपालिका वडा नं ५ बस्ने बर्ष २२ का गणेशबहादुर तामाङले खुकुरी प्रहार गरेको थिए ।

घाइते सिताराम तामाङको टाउको र बाँया कोखामा चोट लागेको छ । घाइते तामङको धुलिखेल अस्पतालमा उपचारकोछ । खुकुरी प्रहार प्रहार गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया