‘रवि दाई हाई हाई’ भन्दै हजारौँ समर्थकले घेरे चितवन

मनिषा थापा

पिएनपिखबर : पत्रकार शालिकराम पुडासैनी आत्माहत्या प्रकरणमा मुछिएका रवि लामिछानेका समर्थकहरुले ३ दिन देखि रिहाई माग गर्दै चितवनमा प्रदर्शन गरिरहेका छन्।

आज पनि राष्ट्रिय झण्डासहित पत्रकार लामिछानेको रिहाई र बास्तविक दोषीलाई कारबाहीको माग गर्दै हजारौंको संख्यामा प्रदर्शन तथा बाइक र्याली गरिएको छ । टेलिभिजन प्रस्तोता रविका समर्थकहरुले  ‘हाम्रो रवि हाम्रो देश प्राणभन्दा प्यारो छ, रवि दाई हाई हाई’ भन्दै चर्को नारा लगाएका छन् ।

प्रदर्शनकारीलाई भिडलाई संयम्मित भई शान्तिपूर्ण ढंगबाट  अगाडि बढ्न प्रहरीले निर्देशन दिइरहेका छन्। हिजो शनिबार प्रहरीले केही बल प्रयोग गरेको थियो जसमा केहि प्रदर्शनकारी र प्रहरी समेत् घाइते भएका छन्। 

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू