पिएनपिखबर : मोरङको बेलबारी नगरपालिका वडा नम्बर ९ मा विवाहित महिलामाथि बलात्कार प्रयास भएको छ ।
श्रीमान वैदेशिक रोजगारमा रहेका २५ वर्षिय महिलामाथि आफ्नै घर नजिकका मटरलाल राजवंशी नाम गरेका ७८ वर्षीय वृद्ध छिमेकीले बन्दुक देखाएर बलात्कार गर्ने खोजेका थिए। उक्त महिलाको प्रतिकारपछि बन्दुक नै छाडेर अभियुक्त वृद्ध फरार छन् ।
गत मङ्गलबार राति ११ बजेको समयमा ती महिला विदेशिएका श्रीमानसँग फोनमा कुरा गरिरहेकी थिइन। सोहि समय रक्सि खाएर आएका ती वृद्धले उनको घरमा पसेर जवर्जस्ती गर्न खोजेका थिए। अहिले फरार रहेका उक्त वृद्ध माथि मुद्दा समेत दर्ता भएको छ।