भक्तपुर : पत्रकार रवि लामिछानेकी श्रीमती निकिता पौडेलको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौँले लिन अस्वीकार गरेको छ । सरकारी विद्युतीय अभिलेख किर्ते गरेको आरोपमा जन आस्था साप्ताहीकका सम्पादक किशोर श्रेष्ठलगायत तीन जनाविरुद्ध उजुरी दर्ता गराउन परिसर पुगेकी पौडेललाई प्रहरीले क्षेत्राधिकार बाहिर भएको भन्दै फर्काएको छ ।

बुधबार महानगरीय प्रहरी परिसर काठमाण्डौमा जाहिरी दिन पुगेकी उनले प्रहरीको अस्विकार पछि हुलाकमार्फत जाहेरी पठाउने तयारी गरेकी छिन्। आफ्नो श्रीमान रवि लामिछानेलाई भेट्न हिजोमात्रै चितवन पुगेकी उनी आज राजधानी फर्किएर जाहिरी दिन पुगेकी हुन्।
पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई चितवन प्रहरीले काठमाडौंबाट गत बिहीबार नै चितवन लगि अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
साउन २० गते सोमबारको दिन पत्रकार शालिकराम पुडासैनी चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरुले देशभर नै उनको रिहाईको माग गर्दै प्रदर्शन गर्दै आएका छन्।
हेर्नुहोस भिडियोमा कार्यक्रम प्रस्तोता रवि लामिछाने पत्नी निकिता पौडेल चितवनमा पुग्दाको दृश्य……..