सोम शर्मा
कसैको पक्ष र बिपक्षमा नरहिकन एउटा बिचार ब्यक्त गर्न मन लाग्यो आज । देशमा यतिबेला विभिन्न ठाउँमा एउटै कुराको चर्काचर्की बढिरहेको छ त्यो हो ” सालिकराम पुडासैनी मृत्यु प्रकरण ” गत असार २० मा चितवन स्थित होटल कंगारुमा उनी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । घटना लगत्तै उनको मृत्यु संकास्पद रहेको भन्दै भोलि पल्टैबाट आफन्त र स्थानियद्वारा बिरोध कार्यक्रमहरु भइरहे । घटनाको निष्पक्ष छानबिनको लागि आवाजहरु उठिरह्यो। उनको शबलाइ काठमाडौंमा ल्याएर टिचिङ अस्पतालमा ल्याइ पोस्ट्मार्टन पनि गरियो र उनको शबलाइ पशुपतिको आर्यघाटमा दाहसंस्कार गरियो ।
उक्त घटनालाइ आत्महत्या हो भनेर आम मानिस र उनको परिवारले पनि पत्ताउन सकिरहेको थिएन कारण उनी एक निर्भिक र साहसी पत्रकार थिए र उनिमा त्यस किसिमको कमजोर सोच थियो होला भन्नेमा सबैको शंखा रहिरह्यो । उक्त बेलैमा पनि उनको मृत्यु अघि उनले आफ्नो मोबाइलमा एउटा भिडियो रेकर्ड गराएर छोडेका छन भन्ने आवाजहरु आइरह्यो, तर त्यस्लाइ स्वयं चितवनला एसपिले नै त्यस्तो प्रकारको कुनै भिडियो फेला पारेका छैनौं भनेपछि हामिलाई लागिरह्यो कि सायद त्यो सबै अफबाह नै होला ।
तर घटनाको यथार्थ विवरण हेर्दा हत्या या आत्महत्या हो भन्ने पोस्टमार्टमको रिपोर्ट नआउँदै उनको मृत्यु हुनुअगी रेकर्ड गरिएको भनिएको भिडियो एक्कासी एउटा युट्युब च्यानलबाट बाहिरियो । आम मानसमा उनको हत्या नै हो कि भन्ने शंका भैरहेको बेलामा उक्त भिडियोले हरेकलाई अचम्मित त बनायो बनायो तर त्यस्मा अझ अचम्मित त उनको भिडियोमा उनलाई आत्महत्या गर्न बाध्य पार्ने ब्यक्तिहरुको उनले लिएको नामलाइ लिएर उनको पुर्व सहकर्मी रबि लामिछाने र युवराज कंडेल अनि उनकी प्रेमिका भनिएको अस्मिता कार्किको नाम लिए ।
अब उनको मृत्युमा आत्महत्याको आशंका हुन थाल्यो किनकी उनले आत्महत्या गर्दैछु भनेर आफैले मृत्यु अघि उद्घोष गरेर आत्महत्ता गरे भन्ने बुझियो र उनको भिडियोमा उनले ब्यक्त गरेको अनुसार उनलाई मृत्युबरण गर्न बाध्य पारिने तीन ब्यक्तिलाइ प्रहरिले गिरफ्तार गर्यो युवतिलाइ र दुई सन्चारकर्मी रबि र युवराजलाइ उनिहरुकै सन्चारगृहबाट पक्राउ गरियो , कानुन त कसैमाथी आरोप लगाइन्छ भने उस्लाइ पक्राउ गरेर अनुसन्धान गर्न पाइन्छ त्यसैले उनिहरुलाइ पक्राउ गरिएको हो ।
अब उनिहरुलाइ पक्राउ गर्नेबेलामा उनिहरुकै सन्चार गृहमै गएर र कार्यक्रम सुरुहुनु ठिक

एक घन्टा अगि पक्राउ गर्नु कानुनसम्बत भएन भन्दै आवाज पनि उठे तर यो कानुनसम्बत छ या छैन त्यस्को जबाफ सम्बन्धित निकायले नै देला यस्मा म अनबिग्य नै छु । जब उनिहरुलाइ पक्राउ गरि चितवन लगिए तत्पस्चात सामाजिक सन्जाल व्यापक रुपमा तात्न थाल्यो,उनको रिहाइको निम्ति आवाजहरु उठ्न थाले, उनलाई षडयन्त्रपुर्वन फसाउन लागियो भन्ने कुरा आउन थाल्यो,उनी निर्दोश नै हुन उनी दोशी कुनै हालतमा छैनन भन्ने आवाजहरु उठ्न थाले ।
भोलि पल्ट्बाट चितवन तात्न थाल्यो,अदालतले प्रहरिलाइ पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सहमती दियो । एकाएक जनमानसको घुइंचो बढ्न थाल्यो, रबिको रिहाइको निम्तो व्यापक चर्को प्रार्थना गर्न थालियो, निसर्त रिहाइको निम्ती चर्काचर्का नाराहरु घन्किन थाले । यस कुरामा धेरैले अदालतमा पुगेको मुद्दामा कसैलाइ न्याय दे भनेर आवाज उठाउनु सहि होला तर उन निर्दोश छन् निशर्त रिहाइ गर भन्ने नाराले कानुनको उपहास मज्जैले गरेको देखियो भन्ने कुरा पनि उठेको छ।
यति भनि रहंदा बिगतका धेरै घटनाले निर्दोषलाइ पनि दोषी बनाएर कठघरामा उभ्याएको हुनाले उनिलाइ पनि त्यसरिनै बलिको बोका बनाउने भए भन्दै उनलाई फसाउन षडयन्त्र रचिएको उनका समर्थकको कुरा छ । हो हुन सक्ला या हुन नसक्ला उनलाई फसाउने खेल भइरहेको कुरा । तर अदालतको कामकारबाहिको दखल दिने तबरले जम्मा भएको भिडले गलत निर्देश दिएको हो कि भन्ने आवाजहरु पनि उठिरहेको छ । तर यथार्थ यहि हो कि अदालतले पनि आफ्नो गरिमा र बिश्वसनियता संधैभरी कायम राखिरहनुपर्छ र भिडले पनि कहिले कुनै अनुसन्धानमा खलल पुर्याउन हुदैन।
न्यायिक ठाउँमा उभिएर न्यायलाइ नै अबिश्वास गरियो भने हाम्रो अधिकारको माग कहा गर्ने त ? हामी न्याय मानेनौं भने देश कता जाला त ? कानुनको रक्षा गर्नु र मान्नु हामी सबैको दायित्व र अपरिहार्यता हो, कतै न्याय किनबेच भयो भन्दैमा हरेक केशमा त्यही अबिश्वास कायम राख्नु हाम्रो मुर्खता नै होला । न्याय माग्ने निहुंमा न्याय मार्न मिल्दैन भन्ने हामी सबैको माग हुनुपर्छ ।
यता सालिग्रामको ज्यान गएको छ उता जनताका ढुकढुकी रबि लामिछाने र युवराज कंडेल हिरासतमा छन । हामी कुनै ब्यक्तिको न्यायको लागि भन्दा नि समग्र ब्यबस्थाको न्यायको निम्ति उठ्नुपर्छ । ब्यानरमा सालिकराम र रबि दुबैलाइ न्याय देउ भनेर लेखिनुपर्छ किनकी एक आरोपित भएर जेलमा छन उनी दोशी हुन या हैनन अझै प्रमाणित भइसकेको छैन र अर्को एक परिवार छ जुन आफ्नी छोरा,दाइ भाइ अनि श्रीमान गुमाएको पिडामा छ, जनसमर्थन सिधा कुराको टिमलाइ उत्रेपनी न्याय हरेकले पाउनुपर्छ । कतै रबिलाइ त निर्दोष प्रमाणित गरेर छोडिने तर उता सालिग्रामको आत्महत्याको दुरुत्साहन कस्को कारणले भयो या हत्या नै भयो त्यस्मा फेरि चुप बस्ने प्रणाली हुनुहुंदैन रबिलाइ न्याय भइ सकेपछी पनि यहि जनलहर सालिकलाइ पनि न्याय देउ भन्दै कुर्लिन सक्नुपर्छ ।
हो रबि एक शाहसी निडर अनि नेपाली जनताका एक सच्चा सेवक हुन भन्ने उनको कार्यशैलिले देखाएको छ, त्यस्तै उक्त कार्यक्रमका अर्का सिनियर रिपोर्टर युवराज कंडेल जो मेरै ठाउँको परिचित र प्रिय मान्छे हुन उनी पनि एक साहसी र सच्चा पत्रकार हुन अस्मिता कार्किको बारेमा म जान्दिन, त्यही साहसी अनि निर्भिक पत्रकारका कारणले कैयौ नेपालिले उनिबाट वास्तविक न्याय पाएका छन त्यसैको उपज आज सडकमा उनको निम्ति जनताको आबाजले स्थान पायो अनि संसदमा पनि, सायद त्यही कारणले पनि उनी गलत होलान भनेर सहस्र स्विकार्न स्वयं मैले नि सक्दिन तैपनी उनी निर्दोश नै हुन भनेर ग्यारेन्टिका साथ ठोकुवा गर्न नि सक्दिन्न ।
मलाइ बस यहि बिश्वास छ कि नेपालको कानुनले हरेकको कुराको निर्णय गर्नेछ । यदि उनी दुबैलाइ सप्रमाण दोषी करार गरेछ या निर्दोश करार गरेछ भनेनि म स्विकार्न सक्छु किनकि उनी माथी जालझेल बुनेर प्रतिसोध सांधेर र कसैको दबाबमा परेर न्यायमुर्तिले उनको बिरुद्दमा या उनको समर्थनमा फैसला गर्ने छैनन भन्नेमा म बिश्वस्त छु ।
सरासर यो घटनाले अरु कुराहरु पनि सोच्न बाध्य बनाइदिन्छ , के अब मानिसमा न्यायमुर्तिको कार्यसम्पादन प्रती बिश्वास गुमेकै हो त ताकी अन्याय नदे अदालत भन्दै र दोशी उनी हुँदै हैनन भन्दै चर्को आन्दोलन भैरहेको छ ? किन मानिसले यो सोच्न सकेनन कि अदालतले कसैलाइ अन्याय गर्दैन न्यायमुर्ती कसैमा बिक्दैनन ? या त यी सब जनताका भ्रम हुन ? या कि त त्यहां राज्यब्यबस्थाको बिरुद्द र सरकारलाइ लक्षित हुनेगरी केही घुसपेठले यस्ता नारा लगाएका हुन ?
नेताले समेत यस्बाट के पाठ सिक्ने कि सांचो रुपम मात्र जनता भनेर सेवा गर्ने हो भने बिना प्रलोभन र भात अनि भत्ताबिना पनि कति जनता आफ्नो समर्थनमा उतृने रहेछन त ? र न्यायालयले पनि के सांची न्यायालयप्रती आम मानिसको बिश्वास उडेकै हो त ? र आम जनताले फेरि बुझ्मपर्ने कुरा कुनै न्यायालयमा पुगेको कुरालाइ हामिले सडकबाट दबाद दिएर उल्टाउने चेष्टा गर्नु कत्तिको सहि हो ?
अनि कोहि पनि ब्यक्तीलाई अनाबश्यक देबत्वकरण गर्नु या खुइलाउने गरि अभिब्यक्ती या आन्दोलन गर्नु सहि होला र ? र केहि केहिले त यतिसम्म भनेको सुनेको छु कि सालिग्रामको आत्माले शान्ती नपाओस हाम्रो भगवानलाइ आरोप लगाएकोमा ? अब यसप्रकारको मानसिकतालाइ के भन्ने ? अनि यस्प्रकारको घटना र परिघटनालाइ के भन्ने ? हुन सक्ला कि सालिग्रामले रबिलाइ फसाउन खोजेका होलान हुन सक्ला कि रबिले पनि सालिग्रामलाइ त्यो कार्य गर्न बाध्य पारेका होलान या हुन सक्ला कसैले सालिग्रामलाइ प्रयोग गरेर एक तिरले दुई सिकार गर्न खोजेका होलान? तर यस बिषयमा हामीले निर्णय गर्नु कत्तिको मानबियताको धर्म होला ? रबिले गरेका हरेक काम सम्मानजनक र सल्युटयोग्य हुनुले उनी हरेक कुरामा सत्य नै हुन्छन भन्नू त सायद गलत नै होला ।
फेरि यो भन्दै गर्दा लौ यसले रबिको विरोध गर्यो, अब यसलाई गाली गरिहाल्नुपर्छ, यसको फोटोलाइ रिप लेखेर फेसबुकमा हालिहाल्नुपर्छ अनियसलाई अपशब्द बोल्दि हाल्नुपर्छ भन्नेको जमात धेरै छ, म रबिको एकदमै फ्यान हु किनकी उनको कामले हाम्रो समाजमा एउटा गलत प्रबृत्तिलाइ बिस्तारै नाश गर्दैछ । तर आफ्ना कुरा राख्दै गर्दा कहिले कस्को समर्थन जस्तै देखिएका कहिले कसैको बिरोध जस्तै तर बास्तबमा उनको सत्यतालाइ इंगित गरेको कुरा खासै ध्यान दिंदैनन किनकी सत्यको साथ दिनु भनेकै कसैलाइ सपोर्ट गरेजस्तो र कसैको बिरोध गरेजस्तै देखिन्छ तर पनि कसैले आफ्नो वाक स्वतत्रताको प्रयोग गर्दैमा उसलाई खुइलाइ हाल्ने एक किसिमको जमात छ जुन हामिले सामाजिक सन्जालमा प्रशस्तै देख्न पाउछौँ । यो पनि कति हदसम्म सत्य हो यसलाई जोजो यस कृयाकलापमा संलग्न हुनुहुन्छ उहाहरुले नै मनन गर्नुहोला ।
यो घटना अहिले राष्ट्रियकरण र अन्तराष्ट्रियकरण भइसकेको छ, र यस घटनाले धेरै शिक्षा पनि दिएको छ र सजग पनि गराएको छ । जनतामा बिश्वास दिलाउन सकेमा जनताले उनलाई देउता सोच्छन, न्यायको मुर्तिमै जनताको बिश्वास हराउंदै छ, कसैलाइ अति देवत्वकरण र अति दासत्वकरण पनि उचित हैन, न्याय सम्पादनमा हरेकलाइ बराबर हैसियतले हेर्न सक्नुपर्छ यी र यस्तै यावत कुराहरु यो घटनाले सिकाउने गर्छ म र अन्तमा सबैले बस यहि कामना गरौ कि न्याय नमरोस अन्याय कसैले नपाउन, दोषी न उम्कियोस चाहे भिडको दबाबले या अन्य बाह्य राजनितिक दबाबले ।
रबि दाइ र युवराज भाइ यदि गलत गरेको छैन भन्ने बिश्वास छ भने ढुक्कका साथ बस्नुस तपाइहरुलाइ अन्याय हुन कदापी दिने छैनौ तर गल्ती रहेछ भने स्वयं भगवानले पनि सजायको भागिदार हुनबाट जोगाउने छैनन किनकी एउटा उखान छ नि सत्य मेव: जयते ।