अक्कासियो सुनको भाउ

मनिषा थापा

भक्तपुर : साताको पहिलो दिन आइतबार नै १२ सय रुपैयाले बढेको सुनको भाउ आज झनै बढेको छ।

हिजो ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजारले बढेर छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य नेपालको इतिहाँसमकै सबैभन्दा उच्च हो ।

आइतबार ८ सय ५० रुपैयाँमा उच्च रेकर्ड बनाएको चाँदीको भाउ पनि आज तोडिएको छ । आइतबार तेजावी सुन ७२ हजार २ सय तथा चाँदी तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया