रविको समर्थनमा बोल्दा ३ दिन हिरासतमा बसेकी महिला पहिलोपटक मिडियामा

मनिषा थापा

काठमाडौँ : पत्रकार शालिकराम पुडासैनीलाई आत्माहत्या दुरुत्साहनको अभियोगमा प्रहरी हिरासतमा रहेका संचारकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अश्मिता कार्कीविरुद्ध हिजो (आइतबार) चितवन सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

जिल्ला प्रहरी कार्यालयले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पुर्‍याएपछि अध्ययन गरेर जिल्ला अदालतमा यी तीनबिरुद्ध मुद्दा दर्ता गरिएको हो। हिजै अस्मिता कार्कीको बयान सकिएको छ भने आज लामिछाने र कंडेललाई बयानको लागि अदालतमा पेश गरिएको छ।

अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ। हिजो रविको रिहाईको माग गर्दै देशभर नै प्रदर्शन भएको थियो तर आज भने कर्फ्यु लगाइएको कारण देशभर नै माहोल शान्त छ।

हिजो भएको चितवनकै एक प्रदर्शन कार्यक्रममा रविको समर्थनमा बोल्दा ३ दिनसम्म हिरासतमा बसेकी महिला पहिलोपटक मिडियामा आएर आफ्नो मन्तब्य राखेकी छिन। उनीमाथि हिरासतमा  के कस्तो व्यवहार भयो भन्नेबारे कार्यक्रमको बीचमा बताएकी छिन् जुन हेर्नुहोस भिडियोमा....

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू