भरतपुर आज पनि तनावग्रस्त,चौबिसकोटीमा प्रहरी र लामिछाने समर्थकबीच झडप

मनिषा थापा

काठमाडौँ, ९ भदौ : भरतपुरमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि रवि लामिछाने समर्थकहरुले प्रदर्शनलाई आज पनि जारी राखेका छन् । समर्थकहरुले आज नारायणगढदेखि भरतपुरको विभिन्न चोकचोकमा मोटरसाइकल र्‍याली गरेका छन् ।

त्यस्तै, भरतपुरको दूरसञ्चार रोड र चौबिसकोठीमा पनि झडप भइरहेको छ । भरतपुरको चौबिसकोटीमा लामिछाने समर्थक र प्रहरीबीच झडप भएपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ।

गस्तीमा रहेको प्रहरी टोलीमाथि लामिछानेका समर्थकले ढुंगा प्रहार गरेपछि झडपको वातावरण सिर्जना भएको प्रहरीले जनाएको छ । लामिछानेका समर्थकहरुले २ वटा गाडी समेत तोडफोड गरेका छन् ।

प्रतिक्रिया