को को हुनसक्छन् चितवनको अराजक भीडमा ? : लीलाराज खतिवडा

मनिषा थापा

पिएनपिखबर : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणसँग जोडिएका टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की पक्राउ परेसँगै धेरै बुद्धिजीवि र आमजनताले निष्पक्षरुपमा छानविन हुनुपर्ने भन्दै आ-आफ्नो धारणा सामाजिक संजालमार्फत राखिरहेका छन्। देशभर नै अहिले पत्रकार शालिकराम पुडासैनीको आत्माहत्या प्रकरणको चर्चा परि चर्चा छ।

 

यसैबीच नेपाल अनि नेपाली राजनिती इतिहासको सबै कुरालाई कडा रुपमा टिप्पणी प्रस्तुत गर्दै आएका पत्रकार तथा साहित्यकार लिलाराज खतिवडाले चितवनमा संचारकर्मी रवि लामिछानेको समर्थनमा भईरहेको प्रदर्शनबारे आफ्नो धारणा व्यक्त गरेका छन्। खतिवडाले आफ्नो प्रतिक्रिया फेसबुकमार्फत दर्शाएका छन् । उनले लेखेका छन् , ‘भीडको प्रभावमा परेर एउटा फ्रडको साथ दिनु आफैँमा एक जघन्य अपराध हो । मलाई वर्तमान सरकारको कामकारबाही र अनुसन्धानमा कुनै सुझाव दिनु छैन वा इन्टर्फेर गर्नु छैन.………

उनले यस विषयमा सरकार कडारुपमा प्रस्तुत हुनुपर्ने बताएका छन्। यसको साथै प्रहरीले पनि आफ्नो भविष्य सुरक्षित गर्न निष्पक्ष छानबिन गर्ने विश्वास रहेको र भीडको प्रभावमा परेर एउटा फ्रडको साथ दिनु आफैँमा एक जघन्य अपराध रहेको उनले बताएका छन्।

 

प्रतिक्रिया